काठमाडौं । थापाथली क्याम्पसका विद्यार्थीहरूले पढाईको शुल्क बढाउने तयारी भएकाे भन्दै प्रदर्शन गरेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन संगठनमा आवद्व विद्यार्थीहरूले पढाईको शुल्क वृद्वी गर्न नहुने भन्दै प्रदर्शन गरेका हुन् । क्याम्पसले इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको र यसमा सरकार गैरजिम्मेवार भएको भन्दै प्रदर्शन गरेका छन् ।
सानो क्षेत्रमा थापाथली क्याम्पस सञ्चालनमा रहेको भन्दै इन्जिनियरिङ क्याम्पसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन् । थापाथलीका विद्यार्थीहरूले क्याम्पसबाट माइतीघर मण्डलासम्म र्याली निकाल्दै प्रदर्शन गरेका छन् ।
तस्बिरहरु






















प्रतिक्रिया