Logo

प्रमुख समाचार

कक्षा १२ को नतिजा सार्वजनिक गर्न साढे ४ बजे परीक्षा बोर्डको बैठक बस्दै



काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साढे ४ बजेलाई बोर्ड बैठक बाेलाएकाे छ ।

बोर्डका एक सदस्यले साढे ४ बजेका लागि बैठक बोलाइएको जानकारी दिए । ‘हिजो नै रिजल्ट तयारीबारे एक चरणमा बैठक भइसकेको छ, प्राविधिक समस्या नआए आजै साँझसम्म कक्षा १२ को नजिता सार्वजनिक हुने सम्भावना छ,’ उनले भने, ‘केही कठिनाइ देखिए नतिजा प्रकाशन भोलि (बुधबार) सर्न पनि सक्छ ।’

वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए । एक हजार ४ सय ५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार १५:४२   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।