Logo

प्रमुख समाचार

स्वास्थ्यमन्त्रीबाटै ‘सेतो कोट’को अपमान !



‘सेतो कोट’को आफ्नै मर्यादा र आफ्नै सीमा छ । सेतो नितान्त बिरामीको उपचारको बेलामा र चिकित्सकीय कामबाहेक कतै लगाएर जान पाइँदैन ।

तर,एक साताअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पदभार समालेको एक सय दिन पुगेको अवसरमा ‘सेतो कोट दिवस’ मनाउने गरी उपत्यकामा रहेका सरकारी अस्पताललाई स्वास्थ्यकर्मीसमेत सेतो कोटमा उपस्थित हुन पत्र पठाउन लगाए ।

मन्त्रालयको पत्रले नै सेतो कोटको मर्यादा मिचेको छ। मन्त्रालयले मन्त्रीले पदभार समालेको एक सय दिन पुगेको अवसरमा राष्ट्रियसभा गृहमा कार्यक्रम गरेको थियो ।

धेरै चिकित्सकलाई मन्त्रीको प्रस्ताव मन परेन । तर, विभागीय मन्त्रीले सेतो कोटमै उपस्थित हुन भनेपछि उनीहरूले प्रत्यक्ष विरोध गर्न पनि सकेनन् । चिकित्सकले आपसमा भने त्यसको आलोचना गरे। आलोचना भएको जानकारी पाएपछि मन्त्रालयका अधिकारीले वीर अस्पतालका निर्देशकलाई फोन गरी पत्रमा सुधार गर्न लगाएको स्रोतले बतायो ।

वीर अस्पतालका एक चिकित्सकका अनुसार सेतो कोट लगाएर कार्यस्थलबाहेक पुस्तकालय र क्यान्टिनमा समेत जान पाइँदैन। बेलायतबाट विकसित भएको स्वास्थ्यकर्मीको सेतो कोट (एप्रोन) अहिले विश्वभरि प्रचलित छ। यसको दुरूपयोग नहुने गरी अभ्यास पनि हुँदै आएको छ ।

वीर अस्पतालका एक वरिष्ठ चिकित्सक भन्छन्, ‘सेतो कोट लगाएरै मन्त्रीको सयदिने कार्यक्रममा बोलाइनु पञ्चायती शैली भयो।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार ०८:२६   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।