Logo

प्रमुख समाचार

बीपी साहित्य महोत्सवः तेस्रो दिन स्थगित भएको कार्यक्रम असोज ३ गते हुने



काठमाडौं । भदौ २४ र २५ गते दुई दिन भएको बीपी साहित्य महोत्सव संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनका कारण स्थगन भएको थियो ।

स्थगित भएको तेस्रो र अन्तिम दिन (भाद्र २६ गते) को कार्यक्रम संविधान दिवसको अवसरमा असोज ३ गते विहान १०ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुने कांग्रेसले जनाएको छ ।

कार्यक्रममा बीपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्र्ट, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपी, बीपीको विचार, आजको संविधान र अबको बाटो विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार १३:३९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।