काठमाडौं । बलिउड अभिनेत्री प्रजक्ता कोलीले नेपाली प्रेमी वृशांक खनालसँग इन्गेजमेन्ट गरेकी छन् । १२ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आइतबार आफूहरुबीच इन्गेजमेन्ट भएको जनाएका छन् ।
इन्स्टाग्राममा इन्गेजमेन्ट औंठीसहित वृशांकसँगको रोमान्टिक तस्वीर सेयर गर्दै कोलीले लेखेकी छन्, ‘वृशांक खनाल अबदेखि मेरो पूर्वप्रेमी ।’ वृशांकले पनि इन्स्टाग्राममा उनीसँगका रोमान्टिक तस्वीर सेयर गरेका छन् । यो जोडीलाई थुप्रै फ्यानले शुभकामना दिइरहेका छन् ।
यी दुवै जना अहिले अमेरिकामा छन् । वृशांकले अमेरिकामा कानुन व्यवसाय गर्दै आइरहेका छन् । काठमाडौं घर भएका वृंशाक मुम्बईमा रहँदाखेरि नै प्रजक्तासँग साथी बनेका थिए ।
कोलीले यस वर्ष रिलिज भएको हिन्दी फिल्म ‘जुगजुग जियो’मा अभिनेता वरुण धवनकी बहिनीको भूमिका निर्वाह गरेकी छन् । प्रजक्ताले ‘जुगजुग जियो’बाहेक विद्या बालन स्टारर ‘नियत’ र अर्को फिल्म ‘मिसम्याच्ड’मा पनि अभिनय गरेकी छन् ।





















प्रतिक्रिया