Logo

आजको तस्बिर

सहकर्मी कुटिएपछि फेरि सडकमा चिकित्सकहरू (तस्बिरहरू)



काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकहरू सहकर्मी कुटिएपछि आन्दाेलित भएका छन् । उपचारका क्रममा बिरामीका आफन्तले सहकर्मीमाथि कुटेको विरोधमा उनीहरू आन्दोलित भएका हुन् ।

आइतबार दिउँसो ओपिडीमा आएका एक बिरामीका आफन्तले डा. मनिष खड्कामाथि कुटपिट गरेका थिए ।  आन्दाेलनका क्रममा उनीहरू साेमबार काठमाडौं गौशालास्थित चौकी घेर्न पुगे ।

डाक्टरहरूले कार्यस्थल सुरक्षाको माग गरिरहेका छन् । प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा गुल्मी घर भई काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतमलाई नियन्त्रणमा लिइसकेको छ ।

तस्बिरहरू:–

 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १४:४१   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।