काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन अभिनित फिल्म ‘दयारानी’ आउँदो माघ २६ मा प्रदर्शन हुने भएको छ । माओत्से गुरुङले निर्देशन रहेको फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हाे । माघ २६ मा राइले नै अभिनय गरेकाे फिल्म ‘हात्तीछाप’ पनि रिलिज हुने पक्का भैसकेको छ ।
दयाहाङ राई र दिया पुनको मुख्य भूमिका रहेको फिल्मको प्रदर्शन मिति आज घोषणा गरिएको हो । यो फिल्मलाई माओत्से गुरुङले लेखन तथा निर्देशन गरेका हुन् ।
बासुरी फिल्मस् र माओत्से गुरुङ फिल्मस्को ब्यानरमा यो फिल्म बनेको हो । फिल्ममा मोहन गुरुङ, न्यू आइटी भेन्चर, किरण गुरुङ, केन्द्र लिम्बु, खुशीमान गुरुङ, सुरेन्द्र गुरुङ र सुर्य प्रकाश गुरुङको लगानी छ ।





















प्रतिक्रिया