Logo

प्रमुख समाचार

जुवा खेल्दा पक्राउ परेका चक्र बम र इकुसहितका कलाकार १५-१५ हजार धरौटीमा रिहा



काठमाडौं । जुवाको खालबाट पक्राउ परेका चक्र बम र सुर्पमान स्याङतान ‘इकु’सहित नौ जना धरौटीमा रिहा भएका छन् । जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले बुधवार १५ हजार धरौटीमा रिहा भएका हुन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारले गत शनिवार मैतीदेवीस्थित एक डान्स सेन्टरबाट उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमा गायक बम, शङ्कर आचार्य, सुर्पमान स्याङतान, नरेन्द्र विष्ट (गम्भीर), गणेश विष्ट (गजित), रोशन सिंह, टाइम मगर, घनश्याम अधिकारी थिए ।

तत्कालीन समयमा प्रहरीले जुवाको खालबाट एक लाख ९० हजार रुपैयाँ समेत बरामद गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी कुमोध ढुङ्गेलका अनुसार प्रशासनको आदेशअनुसार उनीहरू धरौटीमा रिया भएका हुन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १४:२३   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।