काठमाडाैं । आईसीसी विश्वकप २०२३ मा न्युजिल्यान्डमाथि शानदार जित हात पारेको छ । यो जितसँगै पाकिस्तान चौथो जितका साथ सेमिफाइनल सम्भावना कायमै राखेको छ । ओपनर फखर जमानको विष्फोटक शतकको सहयोगमा पाकिस्तान डकवर्थ लेविस पद्धतिको आधारमा २१ रनले विजयी भएकाे हाे ।
जितको लागि ४ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २१.३ ओभरमा १६०-१ को अवस्थामा वर्षाले खेल रोकिएको थियो । लामो समय खेल रोकिएपछि पाकिस्तानले ४१ ओभरमा ३ सय ४२ रनको विजयी लक्ष्य पाएको थियो ।
जितको लागि ३ सय ४२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २५.३ ओभरमा २ सय रन बनाउँदा पुन: खेल रोकिएको थियो । पाकिस्तानका फखर जमान ८१ बलमा ८ चौका र ११ छक्कासहित १ सय २६ रनमा नट आउट रहे । बाबर आजम ६३ बलमा ६ चौका र २ छक्कासहित ६६ रनमा नट आउट रहे ।
ओपनर अब्दुल्लाह शफिक टिम साउथीको बलमा चार रनमा आउट भएका थिए । दोस्रो विकेटका लागि बाबर र जमानले १ सय ९४ रनको अविजित साझेदारी गरेका थिए । यो साझेदारी नै डकवर्थ लेविस पद्धतिको आधारमा जित्न पर्याप्त बन्यो ।
त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४ सय १ रन बनाएको थियो । तर बलर नचल्दा उक्त लक्ष्य पनि जित हात पार्न सकेन ।
न्युजिल्यान्डका ओपनर रचिन रविन्द्रले ९४ बलमा १५ चौका र १ छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । जारी विश्वकपमा उनको यो तेस्रो शतक हो । यसअघि रविन्द्रले इंग्ल्यान्डविरुद्ध १ सय २३ र अष्ट्रेलियाविरुद्ध १ सय १६ रन बनाएका थिए ।
कप्तान केन विलियम्सन ७९ बलमा १० चौका र २ छक्कासहित ९५ रनमा आउट भएका थिए । चोटपछि फर्किएका उनी शतक बनाउन पाँच रनले चुकेका थिए । स्पिनर इफ्तिखर अहमदको बलमा विलियम्सन फखार जमानबाट क्याच आउट भएका थिए ।
दोस्रो विकेटका लागि रचिन र विलियम्सनले १ सय ४२ बलमा १ सय ८० रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । ओपनर डेभन कन्वे ३९ बलमा ६ चौकासहित ३५ र डर्याल मिचेल २९ रनमा आउट भए । मार्क च्यापम्यान २७ बलमा ७ चौकासहित ३७ रन बनाउँदै आउउट भए ।
ग्लेन फिलिप्स २५ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । मिचेल सान्टनार १७ बलमा २ छक्कासहित २६ रनमा अविजित रहे ।
पाकिस्तानको जितमा मोहम्मद वासिम जुनियरले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए । हसन अली, इफ्तिखार अहमद र हरिस रौफले एक एक विकेट लिए ।




















प्रतिक्रिया