ललितपुर । पाटन अस्पतालमा दुई डाक्टरमाथि कुटपिट भएकाे छ । अस्पतालको जेष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले ड्युटीमा रहेका दुई डाक्टरलाई आक्रमण गरेका हुन् ।
डाक्टरले सुई लगाएपछि दुई जना बिरामी ओखलढुंगा घर भएका वर्ष ८६ का जनमाया राई र मकवानपुर घर भई पाटनढोका बस्ने ६८ कृष्ण बहादुर नगरकोटी मृत्यु भएको भन्दै मृतकका आफन्तले इन्टरनल मेडिसिनका आवासीय डाक्टर र एक फेलोसिप डाक्टरलाई कुटपिट गरेका हुन् ।
शनिबार साँझ ओखलढुंगाकी ८२ वर्षीया एक वृद्धाको समेत उपचारका क्रममा सोही वार्डमा मृत्यु भएको थियो ।
डाक्टरमाथि कुटपिट भएपछि अस्पतालका स्वास्थ्यकर्मीहरू भने आन्दोलित भएका छन् । आइतबार टिकट काटिसकेको भएर केहीबेर ओपीडी चले पनि सोमबारबाट बन्द गरिने चेतावनी उनीहरूकाे छ ।
कुटपिट गर्नेमाथि सत्यतथ्य छानविन गर्न जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन समेत परेकाे ललितपुर प्रहरीका प्रवक्ता, एसपी नवराज कार्कीले बताए ।





















प्रतिक्रिया