Logo

अर्थ

भूकम्प पीडितका लागि काठमाडौं महानगरले पठायो २ हजार थान ब्ल्याङ्केट



काठमाडौं । काठमाडौं महानगरपालिकाले जाजरकोट भूकम्पका प्रभावितहरुका लागि २ हजार थान ब्ल्याङ्केट पठाएको छ ।  नेपाली सेनाको स्काइ ट्रकबाट ब्ल्याङ्केट पठाइएको हो ।

महानगरले २ हजार घर परिवारका लागि खाद्यान्न, औषधि तथा सफाइ सामग्री पनि पठाउने तयारी गरेको छ ।  ती राहत सामग्री स्थल मार्गबाट पठाउने तयारी गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

महानगरको विपद व्यवस्थापन विभागका प्रमुख गंगाधर गौतमका अनुसार भूकम्प प्रभावित क्षेत्रमा प्रति परिवार ५ किलो चामल, २ किलो चिउरा, १ किलो दाल, १ किलो नुन र एक लिटर खाने तेल पठाइनेछ ।

राहत सहयोगसँगै प्राविधिक सहयोग आवश्यक परे काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने नगर प्रमुख बालेन शाहले बताएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार २१:३६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।