Logo

खेलकुद

महिला टी–२० सिरिज : हङकङसँग पनि हार्‍याे नेपाल, फाइनल सम्भावना समाप्त



काठमाडौं । हङकङमा जारी चार देशीय टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपालले लजास्पद हार बेहोरेको छ । हङकङको वोङ नाइ स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेका नेपाललाई ५६ रनमै अलाउट गरेको हङकङले ९ विकेटको शानदार जित निकालेको हो ।

जितको लागि ५७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको हङकङले ९ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । हङकङको जितमा नताशा मिल्स २२ बलमा ४ चौकासहित ३० रनमा नट आउट रहिन । शान्जिन शाहजाद २७ बलमा ३ चौकासहित २० रनमा नट आउट रहिन् । मारिको हिल ५ रनमा रन आउट भैइन्

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल १८ ओभरमा ५६ रनमा अल आउट भएको थियो । नेपालकी रुबिना बेलबासेले ३० बलमा ४ चौकासहित सर्वाधिक २५ रन बनाईन् । सीता रानामगरले १३ बलमा २ चौकासहित ९ रन वनाईन् । नेपालका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर पुजा महतो ४, सम्झन खड्का, बिन्दु रावल र कन्चन श्रेष्ठ १-१ रनमा आउट भए । रोमा थापा १९ बलमा ७ रनमा नट आउट रहिन । कप्तान इन्दु बर्मा, काजोल श्रेष्ठ र अस्मिना कर्माचार्यले खाता खोल्न सकेनन् ।

हङकङकी इकार सहारले ४ ओभरमा १ मेडनसहित ३ विकेट लिईन् । रुचिथा वेंकटेशले २, मारिको हिल र केरि चान बेट्टी चानले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो । नेपालले अन्तिम खेल शनिबार जापानसँग खेल्नेछ । सुरुवाती दुबै खेल जितेका हङकङ र तान्जानियाले आइतबार फाइनल खेल्ने छन् । आइतबार नेपालले तेस्रो स्थानको लागि जापानसँग खेल्नेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार १३:५४   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।