Logo

खेलकुद

सन्दीपले बाग्मतीबाट केपी ओली कप खेल्ने



काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि पोखरामा हुने केपी ओलि कप टी–२० प्रतियोगिता खेल्ने भएका छन् । उनले बागमती प्रदेशबाट उक्त प्रतियोगिता खेल्ने भएका हुन् । बागमती प्रदेशले २७ खेलाडी बन्द प्रशिक्षणमा बोलाउँदा सन्दीप पनि टोलीमा छ्न् ।

सम्भव त सन्दीपले टोलीको कप्तानी गर्नेछन् । बागमतीको टोलिमा सन्दीप र प्रतिश जिसी नेपाली टोलीबाट खेली सकेका खेलाडी हुन् । सिनियर टोलिमा परिसकेका सूर्य तामाङ पनि टोलीमा छन् ।

सन्दीपले २०२१ को इपिएलपछि पहिलो पटक घरेलु क्रिकेट खेल्न लागेका हुन् । त्यो समय उनले काठमाडौ किंग्स ११बाट कप्तानी गरेका थिए । त्यसै वर्ष काठमाडौ मेयर्स कपमा मेयर ११ को कप्तानी गरेका थिए । सन्दीप विदेशी लिगमा ब्यस्त हुँदा घरेलु प्रतियाेगितामा छुट्ने गरेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार १७:४१   :  बजे

291
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।