काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छुट्टाछुट्टै विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरेकोले काठमाडौंमा उच्च सतर्कता अपनाइएको छ।
काठमाडौं उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच भइरहेको छ। ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ भइरहेको छ।
अवैधानिक तथा प्रतिबन्धित वस्तु काठमाडौं उपत्यका छिर्न नदिन एवं शङ्कास्पद व्यक्तिलाई रोक्ने उद्देश्यका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ। निजी तथा सार्वजनिक तथा मालवाहक गाडीका साथै मोटरसाइकलमाथि पनि विशेष निगरानी भइरहेको छ। सहरका मुख्य चोकहरुमा पनि सुरक्षा जाँच भइरहेको छ।
बल्खु र तीनकुनेमा हुन लागेको छुट्टाछुट्टै प्रदर्शनको सुरक्षाको लागि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन्। प्रदर्शनको सुरक्षाको पहिलो तहमा नेपाल प्रहरी खटिनेछ। सशस्त्र प्रहरी दोस्रो लहरमा हुनेछ।
सूचना सङ्कलनका लागि राष्ट्रिय अनुसन्धान विभागसँगै दुवै प्रहरी सङ्गठनबाट सादा पोसाकका प्रहरी समेत परिचालित भइसकेका छन्। दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए।
तस्बिरहरु :






















प्रतिक्रिया