Logo

आजको तस्बिर

तस्बिरमा हेर्नुहोस् बल्खुमा प्रसाईं समूहको प्रदर्शन



काठमाडौं । काठमाडौंको बल्खुमा बिहीबार दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाई समूहले प्रदर्शन गरेको हो ।

सयौंको संख्यामा उपस्थित प्रदर्शनकारीले नेपालको झन्डा र पार्टीको झन्डा बोकेर नारा लगाए । प्रदर्शनकारीहरु निषेधाज्ञा ताेड्ने प्रयास गरेपछि प्रहरीसँग झडपसमेत भएकाे थियाे । त्यस क्रममा केही प्रदर्शनकारी घाइतेसमेत भए ।

प्रसाईं समूहले काठमाडौंको माइतीघरमा प्रदर्शनको कार्यक्रम राखे पनि सरकारले त्यहाँ निषेधित घोषणा गरेर बल्खुमा प्रदर्शनस्थल तोकेको थियो ।

तस्बिरहरु :

   

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार १६:४६   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।