काठमाडौं । कान्तिपुर साइन्स कलेजकी अध्यक्ष राधादेवी श्रेष्ठ चेक बाउन्स केसमा पक्राउ परेकी छन् । काभ्रे घर भएका एक व्यक्तिलाई तिर्नुपर्ने रकम बापत दिइएको चेक बाउन्स भएपछि उनी गत मंसिर ५ गते भक्तपुरबाट पक्राउ परेकी हुन् ।
बैंकिङ कसुर मुद्धा समेत खेपीरहेकी उनी काभ्रेका दाहाल थरका ती व्यक्तिलाई तिर्नुपर्ने पैसा नदिई विभिन्न बाहाना गर्दै सम्पर्कविहीन हुँदै आएकी थिइन् । भक्तपुर प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले उनलाई गट्ठाघरस्थित उनको निवासबाट पक्राउ गरी हाल सिंहदरबार प्रहरी वृतमा राखिएको छ ।
श्रेष्ठले धेरै व्यत्तिसँग अनेक बाहाना र दुख देखाउँदै पैसा लिने र पछि पैसा दिनुको साटो विभिन्न व्यक्तिहरू लगाएर मिटर ब्याजमा पैसा लगायो भन्दै विभिन्न समूह बनाउने, आफू पीडित भएको भन्दै हुलहुज्जत गर्ने, धम्की दिने, हातपात गर्ने, उल्टो मुद्धा हाल्ने र अनावश्यक दुख दिने गरेकाे पीडितहरू बताउँछन् ।
एक पीडित भन्छन्, ‘मेरो भाइ वकिल छ, हाम्रो परिवारको प्रहरी प्रशासन, न्यायाधीश, सिडियो, मिडिया सबै ठाउँमा पहुँच छ भनेर धम्काउने काम उहाँबाट हुन्छ ।’
जग्गा पास गर्छु भनेर विभिन्न व्यक्तिसँग वैना भनेर रकम बुझ्ने र पास गर्ने समय आएपछि दाजुभाइ, परिवारले मानेन भनेर अनेक बाहाना गर्ने र पैसा फिर्ता माग्यो भने मिटर ब्याजी भन्दै सिडियो कार्यालय जाने र नभएका कसुर देखाएर मुद्दा बनाएर अदालमा दर्ता गरेर मान्छेलाई दुख दिदैँ आएकाे आराेप उनीमा पीडितहरूकाे छ ।
स्राेतका अनुसार केही समय अघि श्रेष्ठले ताप्लेजुङका गुरुङ थरका एक व्यक्तिलाई जग्गा बेच्ने भन्दै ६७ लाख रुपैयाँ बैना बापत रकम बुझेर जग्गा पास नै नगरी अहिले उल्टो मुद्धा हालेर दु:ख दिइरहेकी छिन् । यस्तै उनले मकवानपुरी पराजुली थरकी अर्की महिलासँग पनि बैँकबाट र नगद गरि ४५ लाख लिएर त्यो बापत ४५ लाखको चेक दिएर पनि पैसा फिर्ता गर्नुपर्छ भनेर भक्तपुर अदालतमा चेक फट्टाको मुद्दा हालेकी छिन् ।
सिडियो कार्यालयमा पनि मिटर ब्याजी भनेर मुद्दा हाल्ने, उच्च अदालतमा पराजुलीविरुद्ध निषेधाज्ञा रिटको मुद्दा हालेर अहिले दुख दिइरहेकाे आराेप श्रेष्ठमाथि छ । पराजुलीलाई ‘पछि म तपाईंलाई पैसा फिर्ता दिन्छु । मेरो जग्गा बिक्री हुन लाग्यो’ भनेर फुकुवा गर्न लगाएर उल्टो आफूविरूद्वमा काठमाडौं जिल्लाको सरकारी वकिल कार्यालयको तोक आदेशमा विना प्रमाणको मुद्दामा काठमाडौ प्रहरी परिसरमा गएर अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गराएर दुख दिएकी छिन् । जबकी पराजुलले उनीवरुद्ध ४५ लाखको चेक अनादरको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गरीसकेकी छन्।
पीडितहरुका अनुसार उनले अरुलाई पनि यसैगरी ठगी गरेको र दुख दिइरहेको आरोप छ । उनी चाबहिलस्थित ब्रिलेन्ट कलेजकी फाउन्डर र सुधासागर विद्यसदनको संचालिका समेत हुन् ।





















प्रतिक्रिया