Logo

शिक्षा

त्रिविमा अब जुनसुकै विषयबाट स्नातक गरेकाले स्नातकोत्तरमा नेपाली विषय पढ्न पाउने



काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा अब जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले पनि स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने भएका छन् । त्रिवि नेपाली विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले जुनसुकै विषयबाट स्नातक तह उत्तीर्ण गरेकाले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न दिने निर्णय गरेको हो ।

त्रिविबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको वा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्नेछ।

अहिलेसम्म स्नातक तहमा नेपाली विषय पढेकाले मात्रै स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने व्यवस्था छ।

 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार २०:२३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।