काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचकाे खेल गाेलरहित बराबरीमा सकिएकाे छ । शनिबार अपरान्ह भएको खेलमा दुबै टिमले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् ।
खेलको म्यान अफ दि म्याच ललितपुर सिटी एफसीका गोलकिपर जेफ्री विलि मार्सेल बने । उनले ३० हजार रुपैयाँ पाएका छन् । एनएसएलको तेस्रो खेलसम्म आउँदा दुबै टिम अपराजित रहन सफल भएका छन् ।
अगाडिका दुई खेल जितेको धनगढीको यो पहिलो बराबरी नतिजा हो । ललितपुरले भने पहिलो खेल जितेको थियो र त्यसपछिका दुई खेल बराबरी खेलेको छ । शनिबारको खेलपछि धनगढीको ७ अंकका साथ शीर्ष स्थानमा कायम छ भने ललितपुर ५ अंकका साथ दोस्रो स्थानमा पुगेको छ ।




















प्रतिक्रिया