Logo

आजको तस्बिर

विप्लव ‘पक्राउ पूर्जी’विरुद्ध मशाल जुलुस [तस्बिरहरू]



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले महासचिवलगायतका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि मशाल जुलुस निकालेको छ । पार्टीका कार्यकर्ताहरूले काठमाडौंको बागबजार लगायत क्षेत्रबाट मशाल जुलुस निकालेका हुन् ।

आज मशाल जुलुस निकालेकाे नेकपाले पक्राउ पुर्जीविरुद्ध भाेलि २० गते दिनको ३ बजे न्यायाधीशको पुत्ला दहन गर्ने र मंसिर २१ गते २ बजे देशव्यापी जनप्रदर्शनको कार्यक्रम घोषणा गरेको छ ।

काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमबार विप्लव, प्रवक्ता प्रकाण्ड, पीवीएम माइला लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

अदालतको उक्त आदेश २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र नभई देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको भन्दै विप्लव नेकपा आन्दाेलनमा उत्रिएकाे हाे ।

तस्बिरहरू:–

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार १८:३९   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।