Logo

अर्थ

अर्थ मन्त्रालयका ६ सहसचिवको जिम्मेवारी हेरफेर



काठमाडौं- अर्थ मन्त्रालयले ६ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले केही दिन अघि मन्त्रालयमा सरुवा भई आएका र लामो समयदेखि अतिरिक्तमा रहेका सहसचिवको हेरफेर गरेका हुन्।

जसमा मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यलाई दिइएको छ भने अतिरिक्तमा रहेका राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रकको कार्यालयमा पठाइएको छ।

महालेखा नियन्त्रकको कार्यालयका शम्भु प्रसाद मरासिनीलाई भन्सार जाँच पास परीक्षण कार्यालयको प्रमुख भन्सार परीक्षण प्रशासकमा पठाइएको छ।

सहसचिव महेश बराललाई कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिको जिम्मेवारी दिइएको छ। अमृत लम्साललाई मध्यमस्तरीय करदाता कार्यालय, बबरमहलको प्रमुख कर प्रशासकमा पठाइएको पठाइएको छ।

पार्वती शर्मालाई भने आन्तरिक राजश्व विभागको उपमहानिर्देशकमा पठाइएको छ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार १२:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।