Logo

अर्थ

ग्लोबल आइएमई बैंकका सीईओकाे तलबभत्ता वार्षिक ढेड कराेड बढी, अध्यक्ष ढकालकाे कति ?



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसभाबाट संचालक समितिको बैठक भत्ता बढाइएको छ । यस अघि संचालक समितिको बैठक भत्ता अध्यक्षलाई प्रति बैठक भत्ता १७ हजार र अन्य संचालकलाई प्रति बैठक भत्ता १५ हजार रुपैयाँ रहेको थियो ।

अहिले साधारणसभाबाट बढाएर संचालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता ३० हजार रुपैयाँ र अन्य संचालक समितिलाई प्रति बैठक भत्ता २५ हजार रुपैयाँ पुर्याइएको छ । त्यसै गरी यस अघि संचालकहरुलाई यातायात सञ्चार तथा पत्रपत्रिका सुबिधा भत्ता बापत मासिक १० हजार प्रदान गरिँदै आएकोमा अहिले बढेर मासिक ५० हजार रुपैयाँ पुर्याइएको छ ।

ग्लोबल आइएमई बैंकका सिइओले आर्थिक वर्ष २०७९/८० मा १ करोड ५५ लाख १ हजार ६ सय रुपैयाँ तलब भत्ता बुझोका छन् । बैंकको सिइओमा रत्नराज्य बज्राचार्य रहेका छन् । सिइओ बज्राचार्यले तलब ७५ लाख ९६ हजार, भत्ता ५० हजार ४० हजार, सञ्चय कोष ७ लाख ५९ हजार ६ सय, बिदा बापतको भुक्तानी १० लाख ५३ हजार, दशैं त्ता १० लाख ५३ हजार बुझेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार २१:५३   :  बजे

234
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।