Logo

समाचार

जाडोमा सुत्केरीको स्याहार कसरी गर्ने?



महिला गर्भवती भएदेखि सुत्केरीसम्मको समयमा हामीले विशेष ध्यान दिनुपर्छ। गर्भवती भएयता महिलामा शारीरिक र भावनात्मक परिवर्तनहरू भएको उनीहरूले अनुभव गर्छन्। सामान्य अवस्थाहरूमा पनि थकान, मुड स्विङहरू र स्तनको आकार बढेको जस्ता परिवर्तन हुने गर्छन्। नियमित प्रसवपूर्व जाँचहरू गरेर आमा र विकासशील बच्चा दुवैको स्वास्थ्यको निगरानी गर्न आवश्यक हुन्छ।

सन्तुलित आहार कायम गर्न, हाइड्रेटेड रहन र स्वस्थ गर्भावस्थाको लागि चिकित्सकको सल्लाह पालना गर्न पनि आवश्यक हुन्छ। बच्चा भैसकेको अवस्था जसलाई हामी सुत्केरी अवस्था भन्छौं यो अस्थामा सुत्केरी आमा र बच्चाको स्याहारमा विशेष ध्यान दिन आवश्यक छ।

सुत्केरी अवस्थामा आमाको उचित हेरचाह गरिएन भने आमा र बच्चा दुवैमा विभिन्न जटिलताहरू आउन सक्छन्। चिकित्सा ध्यान वा अनुचित हेरचाहको कमीले अत्यधिक रक्तस्राव, संक्रमण, उच्च रक्तचाप वा अवरुद्ध श्रम जस्ता जटिलताहरू निम्त्याउन सक्छ।

विशेष गरी जाडो महिनामा सामान्य मानिसहरूलाई पनि रुघाखोकी जस्ता समस्या आइरहन्छन् भने, सुत्केरी महिलाका लागि यो समय अझै ध्यान पुर्याउनुपर्ने समय हो। जाडोमा सुत्केरी स्याहार कसरी गर्ने भन्नेबारे स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. प्रियंका त्रिपाठीले केही सुझाव दिएकी छन्।

सुत्केरी स्याहार भनेको बच्चा जन्मेको ६ हप्ता सम्मको समयलाई सुत्केरी स्याहार भनने बुझिन्छ। यो समय आमाले पूर्णरूपमा आराम गर्नुका साथै सुत्केरीपछिको चेकजाँचको लागि अस्पताल गइरहनुपर्छ। यो अवस्थामा प्रशस्त आराम, सरसफाई, स्वास्थ्य खाना, सन्तुलित व्ययामका साथै शिशुको हेरचाहा गर्नु जस्ता कुरामा ध्यान दिनुपर्छ।

– आमाले आफ्नो शरीरको तापक्रटम नियन्त्रण गर्न न्यानो लुगा लगाउनुपर्छ। सुत्ने कोठा न्यानो राख्नुपर्छ।

– सुख्खापनबाट जोगिन मनतातो पानी, हर्बल चिया र सूप जस्ता तरल पदार्थ पिउनुपर्छ।

– पोषक आहार र आफ्नो रिकभरीलाई समर्थन गर्न र ऊर्जा प्रदान गर्न पोषक तत्वहरूले भरपूर सन्तुलित आहार खानुपर्छ। जस्तै : फलफूल, सागसब्जी, प्रोटिन र सम्पूर्ण अन्न जस्ता खानाहरू खानुपर्छ।

– आराम र निद्रा सुनिश्चित गर्नुपर्छ।

– अत्यधिक भारी सामान उठाउनबाट जोगिनुपर्छ। तपाईंको शरीरले सके अनुसार बिस्तारै हल्का व्यायामहरू गर्न सकिन्छ। तर, प्रारम्भिक हप्ताहरूमा आरामलाई प्राथमिकता दिनुपर्छ।

– घरभित्र आगो बाल्नु हुँदैन, धुवाले बच्चा र आमा दुवैलाई असर पुर्‍याउँछ।

– छालाको हेरचाह : चिसो मौसममा छालामा सुख्खा हुन सक्छ। सुख्खापन रोक्नको लागि मोइस्चराइजर प्रयोग गर्नुपर्छ।

– आफ्नो नवजात शिशुलाई उपयुक्त कपडाले न्यानो राख्नुपर्छ।

– जाडोमा पानि चिसो हुने हुदा मनताो पानिले शरिरको सरसफाई गर्नूपर्छ। संक्रमण फैलावट रोक्नको लागि हातको सरसफाइमा ध्यान दिनुपर्छ। विशेष गरी यो मैसममा फ्लूको समस्या हुनसक्छ।

डा. प्रियंका त्रिपाठी फन्टलाइन असपताल, सुमेरु अस्पताल र क्लिनिक वानमा कार्यरत छिन्।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार ०६:५९   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।