काठमाडौं– आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग खेल्दैछ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हुने खेलमा टस जितेर अफगानिस्तानले ब्याटिङ रोजेको छ।
पहिले बलिङ गर्ने नेपालले आफ्नो टिममा दुई खेलाडी परिवर्तन गरेको छ। नेपालले दुर्गेश गुप्ता र उत्तर मगरको स्थानमा तिलक भण्डारी र दीपक बोहरालाई प्लेइङ ११ मा राखेको छ।
सुपर-६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ। यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका छन्।




















प्रतिक्रिया