मलाई एकै छिन मर्नु छ आमा फेरि बिउँझिनु छ
मेरा खुशीमा आँशु झार्नेलाई खुसी दिलाई दिनु छ
प्रिया मलाई शीरमा सजाएर तिमी पर्खिरहनु
मलाई देश शीरमा लिएर दश गजा उभिनु छ
अन्तिम गन्तव्य छुट्टिनु हो, तिमी छुट्यौं ठिकै छ
आखिर यो जिन्दगी पनि मसान घाटमा छुटिनु छ
मलाई देशको मायाले देश छोड्न दिँदै दिँदैन
बाध्यताको पहाड देख्दा लाग्छ अब प्रदेसिनु छ
जिन्दगीको म्याराथनमा जिते जितिन्छ हारे सिकिन्छ
जितेर, हारेर, सिकेर त जिन्दगीको मज्जा लिनु छ





















प्रतिक्रिया