काठमाडौं । विरामीको खानाको पोषण र गुणस्तरलाई ध्यानमा दिँदै राष्ट्रिय ट्रमा सेन्टर अस्पातालमा ‘इन्पेसियन्ट हस्पिटल किचनको स्थापना र उदघाटन गरिको छ । सेवा अउँदो फाल्गुन महिनाबाट लागू हुने गरि उद्घाटन गरिएको हो।
अस्पतालको सपोर्ट सिस्टमको एक अभिन्न अंगाको रुपमा रहने अस्पतालको किचनको उदघाटन अस्पातालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिसालले गरेका थिए।

डाबद्री रिसालको अनुसार, सरकार अस्पातालमा भर्ना भएका विरामीलाई नि:शुल्क खानको बेवस्ता गर्नाका लगी नेपाल सरकारले हरेक वर्ष केही बजेट रासनका लागि छुट्याएको हुने र त्यसालाई सही ढंगबाट सदुपयोग गरे विरामीको स्वास्थ्यमा सकरात्मक प्रभाव पर्ने उनले बताए।
अस्पातालकी डाइटिशियन पर्यवेक्षक योगिता सापकोटा भन्छिन्, ‘अस्पातलमा भर्ना बिरामीहरुलाई स्वास्थ्य, स्वच्छ, सफा, गुणस्तरिय र पोषणयुक्त खाने कुरा प्रधान गर्ने उदेश्यले यो अस्पतालमा अस्पतालको भित्री भान्साको स्थापना गरको हो।’





















प्रतिक्रिया