Logo

अर्थ

लगातार तीन दिन घटेको सुनको मूल्य आज बढ्यो



काठमाडौं- स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेर कारोबार भएको छ। आज सुन प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार ११:१०   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।