Logo

खेलकुद

डेब्यू खेलमा हेमन्तको डेब्यू विकेट



काठमाडौं- तेस्रो एकदिवसीय खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि क्यानडाले ब्याटिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले तेस्रो ओभरमै पहिलो विकेट लिएको छ। नेपालका लागि हेमन्त धामीले आरोन जोनसनलाई ४ रनमा देव खनालबाट क्याच गराएका छन्।

खेलमार्फत् हेमन्तले एकदिवसीय खेलमा डेब्यू गरेका हुन्। उनको यो डेब्यू खेलमा डेब्यू विकेट हो।

उनी नेपाली टिमबाट एकदिवसीय खेल खेल्ने ४१औं खेलाडी बनेका छन्। क्यानडाले २.१ ओभरमा पहिलो विकेट गुमाउँदा ७ रन जोडेको थियो।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १०:३४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।