Logo

मनोरञ्जन

यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट वरिष्ठ पत्रकार मुकुन्द भण्डारी सम्मानित



धनगढी- यस वर्षको यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट रेडियो नेपालमा कार्यरत वरिष्ठ पत्रकार मुकुन्द भण्डारी सम्मानित भएका छन्।

कैलाली जनपुस्तकालयले हरेक वर्ष प्रदान गर्ने प्रतिभा पुरस्कार यस वर्ष भण्डारीलाई प्रदान गरिएको हो।

आज (शनिबार) धनगढीमा आयोजित एक समारोहबीच भण्डारीलाई सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले नगद् १० हजार र सम्मानपत्रसहित पुरस्कार प्रदान गरेका हुन्।

डोटेली भाषा र संस्कृतिमा योगदान पुर्‍याएको भन्दै भण्डारीलाई सम्मान गरिएको जनपुस्तकालयले जनाएको छ।

यो पुरस्कार सुदूरपश्चिमका वरिष्ठ साहित्यकार यज्ञराज यात्रीले स्थापना गरेका हुन्।

भण्डारी २४ वर्षदेखि निरन्तर सञ्चारकर्ममा सक्रिय छन्। उनी लगायतले रेडियो नेपालमा डोटेली भाषाको समाचार र कार्यक्रम प्रसारणको सुरुवात गरेका थिए।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार १६:२१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।