Logo

अर्थ

आत्तिएका निक्षेपकर्ता प्रभु बैंकबाट धमाधम झिक्न थाले रकम



काठमाडौं । प्रभु बैंकका निक्षेपकर्ताले धमाधम रकम झिक्न थालेका छन्। प्रभु बैंकका डेपुटी सिईओ मनोज न्यौपाने पक्राउ परेसँगै आत्तिएका निक्षेपकर्ताले धमाधम रकम झिकिक्न थालेका हुन्।

न्यौपानेलाई सञ्जुरी बैंकमा हुँदा ऋण हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार पक्राउ गरेसँगै बचतकर्ताले प्रभुबाट रकम झिक्न थालेका छन्।

वित्तीय नीति नियम उल्लंघन गरेको अभियोगमा केही समय पहिलेमात्रै प्रभुलाई राष्ट्र बैंकले कारबाही गरेको थियो। उक्त प्रकरण सेलाउन नपाउँदै यतिबेला न्यौपानेसहित ११ जनालाई सीआईबीले नियन्त्रणमा लिएको छ।

ऋण हिनामिना प्रकरणमा अरु कर्मचारी र पूर्वसञ्चालकको पनि संलग्ता देखिएको सीआईबीले जनाएको छ। उनीहरूलाई पक्राउ गर्न खोजी भइरहेको प्रहरीको भनाइ छ।

यस प्रकरणमा पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका भाई राजेश श्रेष्ठ लगायत तत्कालीन सेञ्चुरी बैंकका सञ्चालक समितिका सदस्यलाई पनि प्रहरीले खोजिरहेको छ। राष्ट्र बैंकले पनि प्रभु बैंकले गरेका अन्य वित्तीय कमीकमजोरी खोज्न सुरु गरेको छ।

गलत नियतले ऋण प्रवाह गरेको खबर बाहिरिन थालेपछि प्रभुका खचतकर्ताहरू आत्तिन थालेका हुन्। मंगलबारबाट नै प्रभु बैंकबाट निक्षेप निकाल्नेहरूको भीड नै लागेको छ।

विभिन्न बैंकका बदमासीका समाचारले त्रसित बनेका निक्षेपकर्ता प्रभुसँग पनि त्रसित देखिएका हुन्। सीआईबीले बचतकर्ता र बैंकको ७ अर्ब डुबाएका देउराली सहकारीका सञ्चालक रविन्द्र चौलागाईंका कम्पनीलाई कमसल धितोमा ऋण दिएको प्रकरणमा अनुसन्धान गरिरहेको छ।

सीआईबीले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका न्यौपाने तथा तुलसीराम गौतमसहित ११ जना कर्मचारीलाई मंगलबार पक्राउ गरी अनुसन्धान थालेको हो। हकारीका सञ्चालक चौलागाईं तथा उनको आफन्तको नाममा रहेका विभिन्न कम्पनीलाई अत्यन्तै कमसल धितो राखेर गौतम तथा न्यौपानेले दुई अर्ब २५ करोड रुपैयाँ ऋण दिएको पाइएको छ।

जसमा सेञ्चुरी बैंकबाट जम्मा ८० करोड रुपैयाँ बराबरको धितो राखेर सवा २ अर्बको कर्जा लिएको प्रारम्भिक छानबिनमा देखिएको छ। बचतकर्ता र बैंकको गरी ७ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा देउरालीका सञ्चालक चौलागाईंलाई प्रहरीले १८ असोजमा पक्राउ गरेकोमा अनुसन्धान गर्दै जाँदा कमसल धितो राखेर ऋण लिएको भेटिएको हो।

हाल प्रभु बैंकको नाममा चौलागाईं र उनका परिवारको लगानीका चारवटा कम्पनीमा गएको २ अर्ब २५ करोड रुपैयाँ ऋणको पोर्टफोलियो छ। साविकको सेञ्चुरी कमर्सियल बैंकले गरेको कर्जा प्रवाह बैंक मर्जर भएर आएपछि प्रभुमा सरेको हो।

त्यो ऋण पूजा मार्केटिङ प्रा.लि., पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रालि, श्री श्री ब्रदर्स मार्केटिङ प्रा.लि., अन्नपूर्ण डिस्टिलरी प्रा.लि. र उनी स्वयंको नाममा छ। चौलागाईं र उनका कम्पनीले ऋण चुक्ता नगरेपछि राष्ट्र बैंकको दवावमा धितो लिलामीका लागि प्रभु बैंकले सूचना निकालेकोमा ऋण अनुसारको सम्पत्ति भेटिएको छैन।

रवीन्द्रले आरआर समूह अफ कम्पनी, श्री पूजा पोल्ट्री फार्म प्रालि, देउराली प्रोपर्टिज प्रालि, मून भेन्चर इन्भेष्टमेन्ट प्रालि, आरआर रिसर्च एन्ड डेभलपमेन्ट प्रालि, पूजा मार्केटिङ प्रालि, पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रालि, श्रीश्री ब्रदर्स मार्केटिङ प्रालि, अन्नपूर्ण डिस्टिलरी प्रालि नामका कम्पनी खोलेका थिए।

तत्कालीन सेञ्चुरी बैंक हालको प्रभु बैंकमा गाभिएको हो। साविकको बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपाने गाभिएपछि भने प्रभु बैंकको वरिष्ठ डेपुटी सीईओ बनेका थिए।

यो पनि…

प्रभु बैंकमा शेरचनको मनोमानी, ससुराकै नाममा अर्बौ ऋण प्रबाह, राष्ट्रबैक मुकदर्शक

प्रभु बैंकका सीइओ शेरचनको अर्को बदमासी, टाट पल्टिएको शिव शिखर एग्रोका नाममा झण्डै १ अर्व ऋण प्रवाह 

‘पावरफुल’ कर्मचारी रश्मी पन्तले चलाउँछिन् प्रभु बैंक, ‘सिनियर’ डेपुटी सीइओहरु निरिह

देउराली सहकारीको ५ अर्बको सम्पत्ति एक अर्बमै हडप्ने दाउमा प्रभु बैंक, बचतकर्ता चिन्तित

सिइओ अशोक शेरचनको स्वार्थले प्रभु बैंकको अर्बौँ रुपैयाँ डुब्ने जोखिममा

किन सेलायो वित्तीय अपराधमा मुछिएका अशोक शेरचनविरुद्ध सीआईबीमा पुगेको मुद्दा ?

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार १३:५१   :  बजे

10.7K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।