Logo

अर्थ

सेयर बजारमा सर्किट ब्रेक



काठमाडौं- सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो।

कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको थियो। कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ।

सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ। यतिबेलासम्म १४ करोड ८० लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ। कारोबार स्थगित भएको समयदेखि २० मिनेटपछि बजार फेरि खुल्नेछ।

हालको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै बजारमा एकाएक उच्च वृद्धि देखिएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ११:३३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।