Logo

अर्थ

महिला उद्यमशीलतामा शोभा बढाइरहेकी शोभा



काठमाडौं- छहरा नजिकैका पातमा बाछिटा प्रहार भइरहेका हुन्छन्। छहराका बाछिटाले हानिरहँदा पनि पातले आफ्नो स्थान छोड्दैनन्। दुख्यो, सधैँ भिजिरहेको छु भन्दैनन्। मानव जीवन पनि छहरा छेउको पानीका बाछिटा प्रहार भइरहने पात जस्तै हो। जीवनमा विभिन्न सामाजिक बाछिटाहरू प्रहार भइरहेका हुन्छन्। जसको प्रवाह नगरी हामीले अगाडि बढ्नुपर्छ।

नेपाली समाजमा महिलाहरूलाई अगाडि बढ्न त झनै कठिन छ। महिलाले त समाजका थुप्रै बाछिटाहरूलाई सहनुपर्ने बाध्यकारी अवस्था छ। तर, यही समाजमा केही त्यस्ता महिला छन् जो सामाजिक दमन र शोषणको प्रवाह नगरी माथि उठिरहेका हुन्छन्। तिनै मध्येकी एक हुन् शोभा ज्ञवाली।

शोभा सानैदेखि हृदयमा उद्यमशील महिला बन्नुपर्छ भन्ने दृढता बोकेकी व्यक्ति हुन्। महिलालाई कमजोर तुल्याएर पछाडि पारिनु हुँदैन भन्नेमा उनी सानैदेखि सचेत थिइन्। जुन विचारले शोभालाई आज एक सफल महिला उद्यमीका रूपमा स्थापित गरिदिएको छ।

शोभा १९७४ फागुन २ गते भारतको कर्नौलमा जन्मेकी हुन्। उनका पिताको परिवार नेपालगञ्जमा बस्थ्यो। पाँच जना भाइबहिनीमध्ये शोभा माहिली हुन्। उनको परिवार शिक्षित थियो। सानैमा उनी परिवारसँग काठमाडौं पुगिन्। त्यसपछि उनले प्रारम्भिक शिक्षा डिल्लीबजारस्थित विजय मेमोरियलबाट सुरु भयो। वि.सं. २०४५ सालमा पद्म कन्या स्कुलबाट उनले एसएलसी पास गरिन्।

महिला उद्यमशीलतालाई कसरी अगाडि बढाउने भनेर उनी चिन्तित देखिन्छन्। महासंघका माध्यमबाट महिला उद्यमशीलता सशक्तीकरणका लागि दीर्घकालीन योजनाका बनाएर अगाडि बढिरहेको उनले बताएकी छन्।

एसएलसी पास गरेपछि शोभाको चाह्वेल निवासी विनोदराज ज्ञवालीसँग विवाह भयो। बिहे भएको एक वर्षमै उनले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिइन्। छोरी जन्मिएको दुई वर्षपछि उनले शंकरदेव क्याम्पसबाट स्नातकोत्तरतह पास गरिन्। र, कमर्सबाट डिग्री हासिल गरिन्। एमबिए गर्दै शोभाले कान्तिपुर मिडिया ग्रुपमा केही समय मार्केटिङ गरिन्।

त्यसपछि वि.सं. २०५५ मा उनले अंगुर व्यवसायको थालनी गरेकी थिइन्। कौशलटारमा उनको अंगुर व्यवसाय सुरुगरेकी थिइन्। खरायोको उनबाट नरम खालका सुइटरहरू बनाएर उनको उद्योगले बजारमा पटाउँथ्यो। जसको माग पनि राम्रै थियो। उद्योगमा उनले २५ जनालाई रोजगारी दिएकी थिइन्। शोभाले ३ वर्षसम्म उक्त व्यवसायलाई निरन्तरता दिइन्।

महिलालाई आर्थिक र सामाजिक रूपले अगाडी ल्याउनुका साथै सञ्चारमाध्यमबाट महिलामाथि भइरहेका घटनाहरूको उजागर हुनुपर्छ भनेर उनले नागरिक दैनिक मिडिया सञ्चालनमा ल्याइन्। उक्त मिडिया हाउसमा उनले निर्देशकको भूमिकामा रहेर गरिन्। त्योबीच उनले थुप्रै कथाहरू पनि प्रकाशन गरिन्। जुन महिलाका हक हितका लागि लेखिएका थिए।

त्यसैबीच उनी महिला उद्यमी महासंघ आबद्ध भइन्। अहिले उद्यमी महासंघमा आबद्ध भएको उनलाई १५ वर्ष पुगेको छ। हाल उक्त संस्थामा उनी अध्यक्षको भूमिकामा रहेकी छन्। महिला उद्यमशीलतालाई कसरी अगाडि बढाउने भनेर उनी चिन्तित देखिन्छन्। महासंघका माध्यमबाट महिला उद्यमशीलता सशक्तीकरणका लागि दीर्घकालीन योजनाका बनाएर अगाडि बढिरहेको उनले बताएकी छन्।

उनी भन्छिन्, ‘महिला उद्यमी महासंघले महिलालाई अगाडी ल्याउन संस्थामार्फत एडभोकेसी, बिजनेस डेभलपमेन्ट, क्षमता अभिवृद्धि, नेटवर्किङ, लेबलिङ, प्याकेजीनका कार्यहरू गर्दै आइरहेको छ। वर्षमा एक पटक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजन गरिन्छ। यही चैत्र १६ गतेदेखि २० गतेसम्म हेरिटेज गार्डेनमा मेलाको हुन गइरहेको छ। मेलामा महिला उद्यमीले बनाएका सामग्री ल्याइने छ।’ त्यहाँ महिला उद्यमीका आकर्षक कलात्मक सामग्री हेर्न र सिक्न पाइने उनको भनाइ छ।

नेपालका ६६ जिल्लाका महिला उद्यमीले बनाएका सामानलाई मेलामा ल्याइने उनले बताइन्। नयाँ उद्यमी महिलालाई महासंघमा बोलाई तालिम दिने गरिएको उनले जानकारी दिइन्। सिपमूलक तालिमका साथै बजारीकरण कसरी गर्ने भन्ने विषय पनि सिकाइने गरिएको शोभा बताउँछिन्।

आफू बसेको समाजलाई आर्थिक र शैक्षिकरूपले अगाडी बढाउने उद्देश्यले उनले बर्दियास्थित लक्ष्मनामा फर्म सञ्चालन गर्दै आइरहेकी छन्। त्यहाँ उनले ३५ जनालाई रोजगारी दिइरहेकी छन्।

‘नेपालमा शिक्षाको कमी, दक्ष जनशक्तिको कमी छ। तर यती हुँदाहुँदै पनि कुनै महिलाले आफूमा भएको सीपको उपयोग गरी अगाडी बढ्न खोज्छ भने त्यसलाई महिला उद्यमी महासंघले उनीहरूको सिपविकासमा सहयोग गर्छ । देशव्यापीरूपमा महिला उद्यमी महासंघले महिला उद्यमीहरूलाई बढाउन उनीहरूलाई प्रोत्साहन र सिप विकासमा सहज होस भनी ७७ जिल्लामा महिला उद्यमी संस्थाहरूको स्थापना गर्ने प्रयास रहेको छ । अहिले ६६ जिल्लामा यो संस्था पुगिसकेको छ,’ उनले भनिन् ।

‘हाम्रो देश पितृसत्तात्मक सोच हाबी भएको कारण महिलालाई आर्थिकरूपले कमजोर बनाउन खोजिन्छ। महिलाको नाममा घर जग्गा राख्ने गरेको विरलै भेटिन्छ जसकारण पनि महिलालाई आर्थिकरूपमा आफैँ अगाडी बढ्नुपर्ने हुन्छ। परिवार र समाजले महिलालाई सधैँ प छाडी पारिएको हुन्छ। महिला उद्यमशीलता कोर्स बन्द भएको छ। मैले आफ्नो कार्यकालमा वातावरण प्रदूषणले गर्दा हाम्रा हिमशृङ्खला पग्लिँदै गइरहेका छन्। जसको प्रत्यक्ष अप्रत्यक्ष असर महिला उद्यमीलाई परिरहेको छ। किन भने महिला उद्यमीले प्रयोग गर्ने सोलार, हावामा चल्ने पङ्खा विशेष गरी सौर्य शक्तिलाई बचाउनुपर्छ। त्यसका साथै कार्यक्षेत्रमा पनि विभिन्न प्रत्यक्ष, अप्रत्यक्षरूपमा महिलामाथि हिंसा भइरहेको हुन्छ। हिंसा रोक् पनि महिला आत्मनिर्भर हुन आवश्यक छ। आफ्नो खुट्टामा आफैँ उभिन सक्ने हुनुपर्छ,’ उनले भने।

आफू बसेको समाजलाई आर्थिक र शैक्षिकरूपले अगाडी बढाउने उद्देश्यले उनले बर्दियास्थित लक्ष्मनामा फर्म सञ्चालन गर्दै आइरहेकी छन्। त्यहाँ उनले ३५ जनालाई रोजगारी दिइरहेकी छन्। लक्ष्मनामा उनले सात बिघामा कृषि गर्दै आइरहेकी छन्। त्यहाँ माछापालन, तोरी, घान, गहुँ, आँप खेती गर्दै आइरहेकी छन्। त्यहाँ उत्पादित अन्नहरू नेपालगञ्जमा बजारीकरण गर्दै आइरहेकी छन्। उनले गाउँमै विद्यालय सञ्चालन गरेकी छन्।

शोभा रोजगारी सिर्जनामात्रै गरिरहेकी छैनन् उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छन्। पछिल्लो समय जाजरकोटमा गएको भूकम्पका पीडितलाई राहत प्रदान गर्न उनी राहत बोकेर त्यहाँ पुगेकी थिइन्। उनले बेलाबेलामा वृद्धाश्रम र अनाथ श्रममा पनि सक्दो सहयोग गरिरहेकी हुन्छन्।

उनले आफूलाई यसरी सफलता प्राप्तिमा श्रीमान् र परिवारको पूर्ण साथ रहेको उनको भनाइ छ। सबैको घरबाट आफ्नो परिवारको जस्तै सपोर्ट पाएमा महिलाहरूको पनि समाजमा उत्तिकै भूमिका रहने उनले बताइन्।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार ०८:४७   :  बजे

327
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।