Logo

साहित्य

आहा जिन्दगी



अहा !
यो लोक मा अवतरित हुन पाएछु,
म कति भाग्यमानी !

यो धर्ती. यो आकाश र वायु,
यो माटो-ढुङ्गा अनि नदि
कति थुप्रैको साथ मिलेर
यो ब्रह्माण्ड बने झैं
म पनि एक्लो बनेर आएन नि !

थुप्रै पीडा, कम खुशी
र, अप्ठ्यारा पिरोलोहरूले
साथ र सहयोग गरेका छन् नि !

म हिँड्दा धर्तिलाई दुख्छ
बोल्दा कसैलाई बिझाउँछ
सबैले मैले दिएका पीडा
सहन गरिदिएका छ्न् नि !

अनि मात्रै म सिङ्गो उभिएको छु
दु:ख गरी गरी मुटु धड्कि दिन्छ
फोक्सोमा अक्सिजनका फोकाहरू दौडि दिन्छन्
अनि पो म जिउँदो भएको देखिन्छु नि !

सहर चकमन्न छ, भिड र धुलो सँगै छ
ॠण, भाका र कसमहरूको अपजस छ
म त कदापि एक्लै होइन
तिम्रै साथ-सहयोगले उभिएको हुँ नि !

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार १२:२९   :  बजे

888
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।