Logo

खेलकुद

आएरल्याण्डले नेपाललाई दियो १२२ रनको लक्ष्य



काठमाडौं- पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टीमले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रनको योगफल जोडेको हो।

आयरल्यान्डका स्टेफन डोहेनीले सर्वाधिक ४६ रन जोडे। टम मेयस र लियाम मकार्थीले १६–१६ र फिओन ह्यान्डले ११ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा नेपालका कुशल भुर्तेल, ललित राजवंशी र गुल्सन झाले दुई/दुई विकेट लिए। करण केसी र कुशल मल्लले एक/एक विकेट लिए।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार १४:४५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।