Logo

मनोरञ्जन

प्रेमी विष्णुसँग विवाह गर्दै एलिना



काठमाडौं । गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन्।

निम्तो बाँड्ने र अन्य तयारीको काममा व्यस्त रहेको उनले सुनाएकी छिन् । गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् । एलिनाको स्थायी घर झापा हो ।

तीज कार्यक्रममा अस्ट्रेलिया पुगेकी एलिना र विष्णुबीच प्रेम सम्बन्ध रहेको थियो । एलिनाको गीत ‘तिमीले धोका दियौ भने माकसम कट्टा हान्दिन्छु’ भन्ने गीत सार्वजनिकको बेलामा ब्रेकअपको खबर फैलिएको थियो । यो खबरलाई उनले नकारेकी थिइन् ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार १७:१९   :  बजे

189
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।