काठमाडौं । नेपालको लोकप्रिय सौन्दर्य प्रतियोगिता मिस नेशनल नेपाल २०२४ को काठमाडौँ अडिसन राजधानीमा सम्पन्न भएको छ । ज्ञानेश्वरको एटिकमा मंगलबार सम्पन्न भएको अडिसनमा चार दर्जन प्रतियोगीहरुले सहभागीता जनाएका थिए ।
आयोजक सनुर्वीद्वारा जारी विज्ञप्तिमा देशका विभिन्न स्थानबाट छनोट भएका प्रतियोगीहरुले नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड, अल्बानिया, इजिप्ट र थाइल्याण्डमा सहभागिता जनाउने बताइएको छ । साथै, प्रतियोगीहरुलाई तीन हप्ताको तालिम र पोर्टफोलियो शूट समेत गराइने छ । यसका साथै विजेताहरुले २.५ लाख बराबरको गिफ्ट ह्याम्परसमेत पाउने छन् ।
२०२३ को डिसेम्बरदेखि आवेदन खुल्ला गरिएको प्रतियोगिताका लागि मार्च २०२४ को अन्त्यसम्ममा २४ जना फाइनलिस्ट छनोट गरिने छ । प्रतियोगीहरुले ट्यालेन्ट राउन्ड, टप मोडल राउन्ड, स्वीम वेयर राउन्ड जस्ता विविध विधामा आफ्नो प्रतिभा प्रदर्शन गर्ने छन् । मिस नेशनल २०२४ को घोषणा अर्थात् ग्रान्ड फिनाले अप्रिलको अन्तमा हुनेछ ।

प्रतियोगिताको टप मोडल राउन्ड र स्वीम वेयर राउन्ड पोखराको द विच रिसोर्ट र कुश्माको हार्नेस जिपलाइनमा आयोजना गरिने छ । त्यसैगरी पृथ्वी दिवसको अवसर पारेर वृक्षरोपण गर्ने विशेष योजना रहेको आयोजकद्वारा जानकारी दिइएको छ ।
मे महीनामा परिचयात्मक भिडियो सुट, जुलाई महिनामा मिस्टर एण्ड मिस सुप्रानेशनलका विजेताहरू पोल्याण्डमा आयोजना गरिने मिस्टर एण्ड मिस सुप्रानेशनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रने छन् । कार्यक्रमको प्रत्यक्ष प्रशारण इमेज टेलिभिजनबाट गरिनेछ ।
त्यसैगरी थाइल्याण्डमा मिस्टर नेशनल, अल्बानियामा हुने मिस ग्लोब र इजिप्टमा हुने मिस इन्टर कन्टिनेन्टलमा पनि नेपालको प्रतिनिधित्व गर्न प्रतिस्पर्धीहरुलाई पठाइने छ । प्रतियोगिताको कोरियोग्राफी दिक्पाल कार्कीले गर्ने छन् भने पासरेलो ट्रेनरका रूपमा स्मिथ तामाङ र अन्तराष्ट्रिय कोच रिचर्ड आइएसए रहने बताइएको छ ।
अन्तर्राष्ट्रिय स्तरका निर्णायकहरुको उपस्थितिमा मूल्यांकन गरिने प्रतियोगिताको प्रत्यक्ष प्रशारण नेपालको राष्ट्रिय टेलिभिजन इमेज च्यानलबाट गरिनेछ ।
मंगलबार सम्पन्न अडिसनका लागि सनुर्वीका संचालक डा. सन्तोष उपाध्याय, पूर्व मिसअर्थ प्रिया सिग्देल, मोडल तथा कोरियोग्राफर दिक्पाल कार्की, मिस सुप्रानेशनल २०२२ केशु खड्का र पासरेलो ट्रेनर स्मिथ तामाङले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
सनुर्वी इन्टरनेशनल नेपालको स्वामित्वमा पाँचओटा अन्तर्राट्रिय सौन्दर्य प्रतियोगिताहरुको फ्रेन्चआइज छन् जसमध्ये मिस सुप्रानेशनल, मिस ग्लोब, मिस्टर इन्टरनेशनल, मिस इन्टर कन्टिनेन्टल र मिस्टर सुप्रा नेशनल रहेका छन् ।





















प्रतिक्रिया