काठमाडौं । नेकपा (एमाले)का सांसद विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा लापरबाही गर्नेलाई तुरुन्त कारबाही गर्न माग गरेकी छन् ।
आइतबारको प्रतिनिसभा बैठकको शून्य समयमा उनले नजिता पर्खिरहेका विद्यार्थीलाई पुनः परीक्षा दिनुपर्ने अवस्था आउनु गम्भीर भएको बताइन् ।
‘०८० वैशाखमा स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीहरू नतिजा पर्खिरहेका थिए,’ उनले भनिन्, ‘तर उनीहरुले नतिजा होइन उत्तर पुस्तिका हराएको र पुनः परीक्षा दिनुपर्ने निर्देशन सहितको सूचना त्रिविले प्रकाशित गरेको छ । १८३ विद्यार्थीको उत्तर पुस्तिका हराएको भन्ने समाचारले विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । यसप्रकारणको चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही समेत माग गर्दछु ।’





















प्रतिक्रिया