काठमाडौं । अनुमति विना नेपालमा सञ्चालन भइरहेका विदेशी शिक्षण संस्थामा आफ्ना बालबालिका भर्ना नगर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ ।
कतिपय निजी विद्यालयले अवैध रूपमा विदेशी कार्यक्रम सञ्चालन गरेर अभिभावकसँग चर्को शुल्क असुलिरहेको गुनासो आएपछि मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयको वेवसाइटमा सूचीकृत विद्यालयहरू बाहेकका शिक्षण संस्थाहरूलाई प्रचलित कानु्न बमोजिम कारबाहीको प्रक्रिया अघि बढिरहेकाले आफ्ना बालबालिकालाई त्यहाँ भर्ना नगर्न, नगराउनुहुन मन्त्रालयको अनुरोध छ ।’
अनुमति लिएका ४९ शिक्षण संस्थाहरूमध्ये ३० वटा ए-लेभल (बेलायत), २ वटा इन्टरनेसनल ब्याकलरियट (स्वीट्जरल्याण्ड), १३ वटा केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (भारत) र ४ वटा कूटनीतिक नियोगको सिफारिसमा सञ्चालित रहेको मन्त्रालयद्वारा सार्वजनिक सूचीमा उल्लेख छ ।





















प्रतिक्रिया