Logo

अन्तर्राष्ट्रिय

सलमान खानको घर बाहिर गोली चलाएको आरोपमा २ जना पक्राउ



एजेन्सी । बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाएको घटनामा संलग्न दुई जना सन्दिग्ध पक्राउ परेका छन् ।

समाचार एजेन्सी पीटीआईकाअनुसार उनीहरू दुवैलाई गुजरातबाट पक्राउ गरिएको हो । आइतबार, अप्रिल १४ मा सलमान खानको घरबाहिर गोली हानाहान भएपछि मुम्बई प्रहरीले घटनाको अनुसन्धान गरिरहेको थियो ।

मुम्बई प्रहरीको अपराध शाखाको टोलीले संदिग्धहरूलाई गुजरातको भुजबाट पक्राउ गरेको मुम्बई प्रहरीले बताएको भन्दै पीटीआईले समाचार छापेको छ ।

खानको घर बाहिर गोली चलाएको मामिलामा पश्चिम कच्छ प्रहरीले लरेन्स बिश्नोई गिरोहका दुई संदिग्धहरूलाई पक्राउ गरेको भुज पुलिसले जारी गरेकको प्रेस विज्ञप्तिमा भनिएको छ । पक्राउ पर्नेमा विक्की गुप्ता र सागर पाल रहेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १०:५४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।