Logo

प्रमुख समाचार

भरतपुरमा अज्ञात समूहद्धारा स्कुल बसमा आगजनी



चितवन । ‍चितवनको भरतपुर महानगरपालिका–२० स्थित दद्रेनी पुलमा स्कुल बसमा आगजनी गरिएको छ ।  विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

३ वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । उनीहरु सबै फरार छन् । बस जलेर पूर्ण रुपमा क्षति भएको छ ।

भरतपुर नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार ११:४३   :  बजे

237
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।