Logo

प्रमुख समाचार

विज्ञापन खुलेको तीन वर्षपछि उपप्रध्यापकको परीक्षा लिँदै त्रिवि सेवा आयोग



काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विज्ञापन गरेको तीन वर्षपछि लिखित परीक्षाका लागि सूचना निकालेको छ । आयोगले २०७७ सालमा खुला गरेको उपप्राध्यापक पदको लिखित परीक्षाका लागि सूचना निकालेको हो ।

आयोगले यसअघि २०७७ फागुन ९ गते र २०७८ असारमा १५ गते प्रकाशित विज्ञापनको लिखित परीक्षा भदौ ५ गतेदेखि सुरु गर्न लागेको हो ।

प्रथम चरणमा चिकित्सा शास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा संचालन हुने सेवा आयोगले सूचना जारी गरेको छ ।

अन्य संस्थान र संकायसँग सम्बन्धित विषयको परीक्षा तालिका प्रकाशित गरिने आयोगले जनाएको छ । तालिका आयोगको वेवसाइटमा प्रकाशित हुनेछ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार १०:३५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।