काठमाडाैं । प्रतिनिधिसभा सदस्य सुशिला थिङले संविधानअनुसार ३३ महिला मन्त्री हुनुपर्नेमा त्यो व्यवस्था लागू नभएको भन्दै संविधान कहिले लागू गर्ने हो भनेर प्रश्न गरेकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले संविधान अनुसार ३३ प्रतिशत महिला मन्त्री हुनुपर्ने व्यवस्था कहिलेदेखि लागू हुने हो भनेर प्रश्न गरेकी हुन् ।
‘कहिल्यै पनि ३३ प्रतिशत महिला क्याबिनेटमा देख्न नपाइने भो सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिस नै हुँदैनन्’, उनले भनिन्, ‘मेरो उदाहरण प्रतिनिधि पात्र मात्र हो । म कानुनमा स्नातक गरेकी छु, सोसोलोजीमा स्नातकोत्तर गरेकी छु तर म कहिल्यै मन्त्री बन्न योग्य भइनँ ।’





















प्रतिक्रिया