Logo

मनोरञ्जन

गायक प्रकाश तिमिल्सिनाको निधन



काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन भएको छ ।

शनिबार साँझ ललितपुर भैँसेपाटीस्थित डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।

गायन रियालिटी शो नेपाली ताराबाट सांगीतिक क्षेत्रमा उदाएका उनका ‘प्रीय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ’, ‘नमान लाज यसरी’, ‘हेर दिन सधैँ एकनास हुँदैन’ लगायत गीत चर्चित छन् ।

उनको आजै पशुपतिमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ । त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राखिनेछ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आईतवार १०:३६   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।