Logo

खेलकुद

प्रोफेसनल एजुकेशनल कन्सलटेन्सीको ब्राण्ड एम्बेसडरमा इन्दु बर्मा



काठमाडाैं । प्रोफेसनल एजुकेशनल कन्सलटेन्सी (पीईसी)को ब्राण्ड एम्बेसडरमा नेपाली महिला क्रिकेट टीमकी कप्तान इन्दु बर्मा नियुक्त भएकी छन् ।

कप्तान इन्दु बर्मासँग रणनीतिक साझेदारी घोषणा गर्न पाउँदा खुसी भएको प्रोफेसनल एजुकेशनल कन्सलटेन्सीले जनाएको छ ।

युवा नेपाली विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सपनाहरू हासिल गर्न सशक्त बनाउन यो सहकार्य महत्वपूर्ण कोसेढुङ्गा साबित हुने कम्पनीले जनाएको छ ।

इन्दु बर्माको अटल समर्पण, नेतृत्व, र खेलकुदको संसारमा असाधारण उपलब्धिहरूलाई मध्यनजर गर्दै उनलाई एम्बेसडरमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार १५:५३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।