Logo

प्रमुख समाचार

एमालेले कीर्तिपुरको मैत्रीनगरमा पार्टी कार्यालय भवन निर्माण गर्ने



कठमाडौं । नेकपा एमालेले कीर्तिपुर नगरपालिका वडा नम्बर २ मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ ।

बिहीबार बसेको एमाले सचिवालय बैठकले मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माणका लागि शुक्रबार शिलान्यास गर्ने निर्णय गरेको प्रचार विभागले जनाएको छ । २०७२ सालको भूकम्पले बल्खुको एमाले पार्टी कार्यालय भत्किएपछि पार्टी कार्यालय धुम्बाराही, माइतीघर हुँदै च्यासलबाट कार्यालय सञ्चालन हुँदै आएको छ ।

‘शुक्रबार १२ बजेर २५ मिनेटमा पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ। एमाले नेताहरूका अनुसार ११ रोपनीभन्दा बढी क्षेत्रफलमा पार्टी कार्यालयको भवन निर्माण गर्न लागिएको हो ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार १५:३८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।