काठमाडौं । नेपाल प्रहरीका ४ प्राविधिक उपरीक्षक (एसपी)हरू वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।
स्वास्थ्य उपसमूहको चिकित्सकतर्फका चार जनालाई एसएसपी बढुवाका लागि सिफारिस गरिएको हो ।
चिकित्सकतर्फ बढुवा सिफारिस हुनेहरूमा प्रहरी अस्पतालको रेडियोलोजी शाखामा कार्यरत डा. केदार खड्गी, मेडिसिन शाखामा कार्यरत डा. छन्दबहादुर बुढाथोकी, गण्डकी प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा. पवनकुमार राय र प्रहरी अस्पताल महाराजगञ्जको डेन्टल शाखामा कार्यरत डा. सुवर्ण कुँवर छन् ।




















प्रतिक्रिया