Logo

समाचार

खुकुरी प्रहार घटनाका दोषीलाई कारबाही गर्न नेपाल तरूण दलको माग



काठमाडाैं । खुकुरी प्रहारबाट घाइते भएको विषयलाई लिएर नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलले दोषीमाथि कारबाहीको माग गरेको छ ।

तरूण दलका अध्यक्ष विद्वान गुरुङले साेमबार संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नो सदस्यमाथि भएको सांघातिक हमलाका दोषीलाई तत्काल कारबाही गर्न आग्रह गरेका  हुन् ।

संगठित आपराधिक समूहद्वारा धारिलो खुकुरी प्रहारबाट रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं. ५ घ्युदुङका जिल्ला सदस्य अजय बाठा मगर घाइते भएका छन् ।

उनीमाथि आइतबार संगठित आपराधमा कृयाशिल रहेका डिल्ली परिवार र गाेविन्द ओली लगायत ८/१० जनाकाे समूहले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको हुँदा दोषीमाथि कारबाही हुनुपर्ने माग तरूण दलले गरेको छ ।

दलले उक्त घटनाको घोर निन्दा गर्दै यसलाई लोकतन्त्रको उपहास र अराजक गतिविधिका रुपमा टिप्पणी गरेको छ । केन्द्रीय कार्यसमितिले यस किसिमको साङ्घातिक आक्रमणको पुनरावृत्तिलाई रोक्न सम्बद्ध निकायलाई उपयुक्त कदम चाल्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार १७:१७   :  बजे

708
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।