काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विरूभाई कन्स्ट्रक्सन प्रालिका सञ्चालक विरेन्द्र खत्रीमाथि अनुसन्धान गरिरहेकाे छ । अनुसन्धानका क्रममा खातामा अकूत सम्पति देखिएपछि विभागले कन्स्ट्रक्सनका सञ्चालक खत्रीकाे बैंक खाता राेक्का गरेकाे छ ।
अनुसन्धानमा संलग्न स्राेेतका अनुसार उनकाे विभिन्न वाणिज्य बैंकहरूमा कराेडाैं रकम भेटिएकाे छ । ती खाता राेक्का गरेर अहिले अनुसन्धान भइरहेकाे छ । खातामा कराेडाै रकम भेटिएपनि विभागले मुद्दा भने चलाइसकेकाे छैन । खत्रीले मुद्दा राेकाउनका लागि विभागकाे उच्च नेतृत्वलाई प्रभावमा पार्न प्रयास गरिरहेकाे र राजनीतिक नेतृत्वबाट दबाब दिइरहेकाे स्राेतले बतायाे ।
`खातामा अकूत सम्पत्ति प्रष्ट देखिन्छ । तर, खै मुद्दा चलाउन किन ढिला भइरहेकाे छ ? हामीले बुझेका छैनाैं,´विभागका एक अधिकारीले भने,`मुद्दा सेटल गर्न ठुलै बार्गेनिङकाे चर्चा छ । सत्य के हाे बिस्तारै खुल्ला ।´ उसाे त मुद्दा अघि बढाउन ढिलाई हुँदा चलखेलकाे आशंकालाई भने बल पुगेकाे छ । खत्रीले भने मुद्दा मिलाउन विभागका महानिर्देशक, अनुसन्धानमा संलग्न अधिकारीलाई सेटिङ गरिरहेकाे र छिट्टै कुरा मिल्ने निकटस्थसँग दाबी गर्ने गरेका छन् । बिरू भाइ कन्स्ट्रक्सनका सञ्चालन खत्री करिब ३ वर्ष करागार बसेर आएका व्यक्ति भएकाे खुलेकाेछ । खत्रीले पहिला यति समुह सँग मिलेर एयरपोटमा माटो सप्लाईकाे काम गरेका थिए ।
खत्रीकाे भक्तपुरमा करिब २ राेपनीमा घर, चाँगुनारायण नगरपालिकामा राेपनी जग्गा समेत छ । बैंकमा कराेडाैं रकम र भक्तपुरमा राेपनीका राेपनी जग्गा नाममा भएपनि खरिदकाे स्राेत भने अपारदर्शी देखिन्छ । यस्ता व्यक्तिलाई कराेडाैं चलखेलमा जाेगाउन विभागकै केही अनुसन्धान अधिकारी निरन्तर उनकाे सम्पर्कमा रहेकाे बुझिएकाे छ ।




















प्रतिक्रिया