Logo

प्रमुख समाचार

बेचन झालाई थुनामा पठाउनुको कारण पेश गर्न सर्वोच्चकाे आदेश



काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत पाटनलाई आदेश दिएको छ ।

धरौटीमा रिहा हुनुपर्नेमा आफूलाई थुनामा राख्नु गलत भएको भन्दै झाले उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए । निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश कुमार रेग्मीको इजलासले उच्च अदालत पाटनबाट ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश गरेको हो ।

 

प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार १४:२५   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।