Logo

मनोरञ्जन

‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले घोषण गरे ‘अभिमन्यु’



काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले नयाँ फिल्म ‘अभिमन्यु’ निर्माण घोषणा गरेका छन् । उनले फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन् । घोषणामा फिल्मको रिलिज साउन २४ गते तोकिएको छ ।

विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो फिल्मका थिम पोस्टरले चक्रव्यूह र पैसाबिचको सङ्घर्षलाई प्रस्तुत गर्ने सङ्केत गरेको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘चक्रव्यूह’लाई सुशान्त गौतमले निर्देशन गर्ने भएका छन् । मुकेश खनालको कथा, मदन थापा क्रियटिभ निर्देशक रहेको फिल्म निर्माणमा पौडेललाई गुञ्जन गिरीले सहकार्य गर्दै छन् । सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ रहनेछन् । निर्माणपक्षले फिल्मको कलाकार र कथावस्तुबारे विस्तृत जानकारी गराएको छैन ।

निर्माता पौडेल फरक धारका फिल्म बनाउन रुचाउने भएकाले ‘अभिमन्यु’मा स्टार कलाकार भन्दा पनि नयाँ अनुहारलाई प्राथमिकता दिने बताइन्छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आईतवार १३:१९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।