Logo

अर्थ

सेयर बजारमा २५ अंकको गिरावट, १० अर्ब ९७ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार २५.१६ अंकले घटेकाे छ । नेप्से परिसूचक २८२१ को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको घटेको छ ।

आज १० अर्ब ९७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ९६ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार १५:१५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।